बाग्मती

दुर्लभ सालक सामुदायिक वनलाई

धादिङ । धादिङको थाक्रे गाउँपालिका ११ महादेववेशीमा दुर्लभ एवं संरक्षित जनावरको रुपमा सुचिकृत सालक एउटा घरभित्र फेला परेको छ । बिहिबार पवन परियारको घरभित्र भेटिएको सालक ठूलोवन सामुदायिक वनलाई उपहार दिइएको छ । घरधनी परियारले प्रहरीलाई खबर गरेपछि महादेववेशी प्रहरी चौकी र वडा अध्यक्षको उपस्थितिमा सालकलाई वन सब डिभिजन कार्यालयलाई हस्तान्तरण गरियो । वन कार्यालयका लक्ष्मीदत्त जोशीले प्रहरीको रोहबरमा ठूलोवन सामुदायिक वनमा सो सालक छोडिएको बताए ।