मनोरञ्जन

हेर्नुहोस् प्रिती आलेको “ऐया बरी लै” मा सोनिका र म्याक्सको रोमान्स (भिडियोसहित)

काठमाडौं । “ऐया बरी लै” बोलको गीत बजारमा आएको छ । म्युजिक नेपालको अफिसियल युट्युब च्यानलबाट गीत बजारमा आएको हो । दोहारी ब्याटल बाट सवार्धिक चर्चामा आएकी गायिका प्रिती आले मगरको र गायक म्याक्स नेपालको आवाजमा रहेको गीत भिडियोमा चर्चित भिजे तथा मोडल सोनिका रोकाय र म्याक्स नेपालले रोमान्स गरेका छन् ।

फरक खालको स्वाद दिने भिडियो बजारमा आएको छ । छोटो अबधिमै सोनिकाले धेरै म्युजिक भिडियोहरुमा अभिनय गरेकी छिन । युट्युब च्यानल मार्फत दोहोरो अर्थ लाग्ने अन्तरबार्ताहरु लिएर चर्चा र विवादमा मुछुने गरेकी कार्यक्रम प्रस्तोता सोनिका रोकाया पछिल्लो समय म्युजिक भिडियो मोडलिङक्षेत्रमा निकै पनि जम्न थालेकी देख्न सकिन्छ।

सार्बजनिक गीतमा मधु सुदन डाँगीको शब्द तथा हरि थापाको संगीत र सुदिप सागरले एरेन्ज गरेका छन । किरण चौसिरको छायाँकन , मनोज कार्किको सम्पादन तथा मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ ।