बाग्मती

पैदलयात्रीको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१२ को गोन्द्राङमा शनिबार साँझ बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५५ वर्षीय पुरुष व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ती व्यक्तिको सनाखत हुन सकेको छैन ।

प्रहरीका अनुसार नारायणगढबाट रत्ननगरतर्फ जाँदै गरेको बा१७च ५३४७ नंको बोलेरोले उनलाई ठक्कर दिएको हो । बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बोलेरो र चालक प्रहरीको नियन्त्रणमा छन् ।