मनोरञ्जन

महेश र महिमाको यो मनमा माया जाग्यो (भिडियो सहित )

काठमाडौ । गायक सानु स्याङ्वा(ह्याल्मो)को आधुनिक गीत सार्वजनिक भएको छ । नेपाली आधुनिक गीत ‘जाग्यो यो मनमा माया जाग्यो ’ बोलको गीत सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार सानु स्याङ्वा(ह्याल्मो)को स्वरबद्ध गरिएको गीतलाई उनैले लेखेका हुन । एक दर्जन भन्दा बढी तामाङ सेलो, भाषाभाषीका गीत गाएका सानुले थुप्रै नेपाली आधुनिक गीत गाएका छन । एक्लो एकान्तमा, यो मनले तिमीलाई मन पराइसक्यो, म त आए सुन प्रिए लगायत उनका चलेका गीतहरु हुन । मेरो प्यारो भाई ,जनिजर लगायत आधा दर्जन फिल्मका गीतमा स्वर दिइसकेका छन् ।

महिमा सिलवाल महेश दुधराजलाइृ फिचरिङ गरिएको छ । महेशले महिमालाई जाग्यो यो मनमा माया जाग्यो भनेर भनिएको छ । काठमाडौको आसपासमा खिचिएको भिडियोमा सुन्दर दृश्य देख्न सकिने छ ।

जाग्यो यो मनमा मायामा अहिलेका चलेनी नायिका महिमा सिलवाल र महेश दुधराजले जिवन्त अभिनय गरेका छन् । महेशले गो गीतमा अभिनय गर्दा निकै रमाइलो भएको बताएका छन् । रमाइलो साँझ, योपल ,जुनि जुनि जस्ता हिट गीतमा अभिनय गरेका महेशले महिमा सिलवालसँग पहिलो पटक अभिनय गरेका हुन । यो गीतको म्युजिक भिडियो उत्कृष्ट बनेको बताए ।

गीतको म्युजिक भिडियोलाई युवा निर्देशक हरि वाग्लेले निर्देशन गरेका छन् भने रवि कोइरालाले खिचेका हुन । प्रेम शर्मा पौडेलको सम्पादनमा बनेको म्युजिक भिडियोमा छिरिङ ओमु स्याङ्वो रहेका छन् । गीतको म्युजिक भिडियोलाई ओस्कार फिल्म प्रालीले बजार व्यवस्थापन गरेको छ भने भिडियोलाई बुढासुब्वाको युटुव च्यानलबाट हेर्न सकिने छ ।

 

https://youtu.be/QKcs8Ja3G1E