प्रदेश 1

थुनुवा कक्ष निर्माण

धरान । धरानस्थित इलाका प्रहरी कार्यालय परिसरमा थुनुवा कक्ष निर्माण गर्न थालिएको छ । क्षमताभन्दा बढी थुनुवा राख्नुपर्ने बाध्यता भएपछि रु दुई करोड ७६ लाखको लागतमा ८ कोठे थुनुवा कक्ष निर्माण गर्न लागिएको हो । निर्माणमा संलग्न इञ्जिनीयर केवल परियारका अनुसार हालसम्म रु २० लाख ६ हजार खर्च भएको छ । निर्माण समितिका संयोजक मीन सुब्बा हालसम्ममा निर्माणका लागि रु २१ लाख ६ हजार सहयोग जुटेको छ । सो भवन निर्माणको लागत रु ३३ लाख ९२ हजार रहेको छ ।

भवन निर्माण गर्न शनिबार व्यवसायी मणि सुब्बा, गोकुल राई, मनोज विष्ट, दीपक आचार्य, श्याम सोनी, छविलाल काफ्लेलगायतले रु ६ लाखभन्दा बढी सहयोग गरेका छन् । समितिले उक्त भवन आगामी २०७६ साउन १४ गतेसम्ममा निर्माण गरी इलाका प्रहरी कार्यालयलाई हस्तान्तरण गर्नेछ । भुइँतलामा २० जना महिला थुनुवा अटाउने कक्ष तयार गरिँदैछ । माथिल्लो तलामा पुरुष थुनुवाका लागि तीन कोठा निर्माण गरिनेछ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार यहाँ ४० जना क्षमताको थुनुवा कक्ष रहेको छ । उक्त भवनको गत साउन १४ गते प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले शिलान्यास गरेका थिए ।