समाचार

निर्मला हत्याकाण्डः बन्यो शक्तिशाली समिति, निर्मलाले न्याय पाउँलिन् ?

काठमाडौं । कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याको छानविन गर्न शक्तिशाली छानविन समिति पूर्नगठन गरिएको छ । डिआइजी धिरु बस्नेतको संयोजकत्वमा सोही समितिको स्तर बृद्धि गरिएको हो ।  संयोजक बस्नेत एआईजीमा सिफारिस भईसकेका डिआईजी हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार पूर्नगठित ९ सदस्यीय समितिमा संयोजक बस्नेतसहित एसएसपी निरजबहादुर शाही, डिएसपीत्रय रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकी लगायत रहेका छन् । अनुसन्धानका क्रममा प्रहरीको चरम लापरवाही पुष्टि भएपछि समितिमा हेरफेर गर्नुपरेको प्रहरी प्रधान कार्यालयको निष्कर्ष रहेको छ ।

अनुसन्धानमा संलग्न भई गैरजिम्मेवार ढंगले अनुसन्धान गर्ने सबै प्रहरीलाई छानविनको दायरामा ल्याईने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।