कृषि

किसान आयोगको प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रिय किसान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई आज २०७४/७५ को दोस्रो वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाललाई उक्त प्रतिवेदन बुझाउनु भएको हो ।

प्रतिवेदनमा मुख्यतः कृषिको उत्पादन बढाउनु पर्ने तथ्य र तथ्याङ्क समावेश गरिएको छ । सतचालीस पृष्ठको प्रतिवेदनमा आयोगको काम कर्तव्य र अधिकार तथा एक वर्षमा सम्पन्न भएका कामका प्रगति विवरण उल्लेख छ । आयोगको वार्षिक बजेट रु आठ करोड रहेको छ ।

प्रतिवेदन बुझ्दै मन्त्री खनालले भूमिको चक्लाबन्दी नगरेसम्म व्यावसायिक खेतीका लागि जमिन पर्याप्त नहुने बताए ।