गण्डकी प्रदेश

गण्डकीका विकासमन्त्री बस्नेतले गरे यस्तो घोषणा !

गोरखा । गण्डकी प्रदेशका पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले भौतिक पूर्वाधारको विकासको काम शुरु गरेको घोषणा गरेका छन् । गोरखाको सिरानचोक गाउँपालिका–५ मा आज मरुवाकुना फाँट लिफ्टिङ सिँचाइ आयोजनाको शिलान्यास गर्दै मन्त्री बस्नेतले भने, “प्रदेश सरकारले बाँडेको रकमको पूर्णरुपमा कार्यान्वयन हुनेछ ।”

उनले प्रदेश सरकारले जिल्लामा कार्यालय नहुँदा काम गर्न गाह्रोे भएकाले गण्डकी प्रदेशभित्रका सबै जिल्लामा प्रदेश सरकारले विभिन्न कार्यालय धमाधाम स्थापना गरिहेको भन्दै अब विकासको काम दु्रत गतिमा अघि बढ्ने बताए ।

सो आयोजनाको निर्माणको कूल बजेट रु एक करोड ३९ लाख रहेकामा प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि रु ४० लाख बजेट विनियोजन गरेको छ ।