प्रदेश 1

स्कुटरले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

बेँंसीशहर । बेंसीशहर नगरपालिका–१ उदिपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ । बिहान उदिपुरबाट सुन्दरबजार–९ भोटेओडार तर्फ जाँदै गरेको ग १३ प ९००३ नं स्कुटरले ५२ वर्षीय पैदलयात्रु लक्ष्मी तामाङलाई ठक्कर दिँदा टाउकामा गम्भीर चोट लागेको र उपचारका क्रममा जिल्ला सामुदायिक अस्पताल बेंसीशहरमा मृत्यु भएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । स्कुटर चालक गोरखा पालुङटार नगरपालिका–४ का १९ वर्षीय विजय भुजेललाई स्कुटरसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।