बाग्मती

निर्माण व्यवसायी सङ्घको अध्यक्षमा अधिकारी निर्वाचित

नुवाकोट । नुवाकोट निर्माण व्यवसायी सङ्घको आठौँ अधिवेशनबाट अध्यक्षमा सुमन अधिकारी निर्वाचित भएका छन् । आज सम्पन्न मत गणनाअनुसार अध्यक्षमा अधिकारीले २३१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद थपलियाले १५९ मत प्राप्त गरे । निर्वाचनमा अधिकारीको समूह विजयी भएको छ । वरिष्ठ उपाध्यक्षमा शैलेन्द्रराज प्याकुरेल, प्रथम उपाध्यक्षमा गणेशबहादुर तामाङ, द्वितीय उपाध्यक्षमा पशुपति थापा, महासचिवमा रमेश बस्नेत, उपमहासचिवमा गोकर्ण थपलिया, सचिवमा रामसिंह तामाङ, सहसचिवमा भगवान अधिकारी, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा शिवलाल श्रेष्ठ विजयी भएका छन् ।

यस्तै सदस्यमा रामचन्द्र श्रेष्ठ, रमेश बोगटी, राजनप्रसाद जमकटेल, श्रीराम तामाङ, दशरथ थापा, श्यामबहादुर तामाङ, कुमारप्रसाद गौतम, काजिमान डङ्गोल, शरण घले, विक्रम घले र विनोद थापा निर्वाचित भएका छन् । सङ्घमा चार ७९ मतदाता रहेकामा चार सय ३७ जनाले मतदान गरेको निर्वाचन अधिकृत पुष्कर शर्मा रिमालले जानकारी दिए ।