राजनीति

निर्मलाको बलात्कारी समात्न नसक्ने गृहमन्त्रीले राजिनामा दिनैपर्छः कांग्रेस सांसद रेग्मी

काठमाडौं । प्रतिनिधीसभा सदस्य एवम् नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले गृहमन्त्री राम बहादुर थापाको राजिनामा माग गरेकी छन् । सोमबार प्रतिनिधीसभा बैठकमा बोल्दैँ सांसद रेग्मीले निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको २ महिना भईसक्दा समेत हत्यरा खोज्न नसकेको भन्दै गृहमन्त्री थापाको राजिनामा माग गरेकी हुन् ।

सरकार बनेको दिनदेखि महिला हिंसा ह्वात्तै बढेको तर घटनामा संलग्न अपराधीलाई कारवाहीको दायरामा ल्याउन गृहमन्त्रालय पूर्णतः असफल भएको उनको दाबी छ । निर्मलाका वास्तविक हत्यारालाई जनताका अगाडी उभ्याउन गृहमन्त्री थापालाई उनले चुनौती दिएकी छन् ।

पिडितलाई न्याय दिन विलम्ब भईसकेकाले उनीहरुलाई अविलम्ब न्याय दिनुपर्ने सांसद रेग्मीको भनाई छ । रेग्मीले सरकारले प्रतिपक्षी कांग्रेसलाई सदनबाट सडकमा धकेलेको भन्दै आपत्ती जनाइन्। उनले भनिन्, ‘हामी सदनमा मात्रै बोलिरहेबका थियौँ। त्यतिबेला कानमा तेल हालेर बस्यो। जसले हामीलाई सडकमा धकेलिएको छ।’