आर्थिक

माछापुच्छ्रे बैंकको माछापुच्छ्रे महोत्सवमा के-के हुदैँछ ?

काठमाडौं । माछापुच्छ्रे बैंकले बैंकिङ्ग कारोबार शुरु गरेकोे १८ वर्ष पुरा गरी १९ औँ बर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा आश्विन महिना शाखाहरुमा माछापुच्छ्रे महोत्सव सञ्चालन गरिरहेको छ । १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखाले ग्राहकलाई भिन्न किसिमको बैंकिङ्ग अनुभुती गराउने बताएको छ ।

साथै, यस महोत्सवलाई मध्यनजर गर्दै ग्राहकहरुलाई निःशुल्क डेबिट कार्ड÷इन्स्टयान्ट कार्ड, निःशुल्क डिम्याट खाता, वार्षिक लकर शुल्क र माछापुच्छ्रे मोबाइलमनी जारी शुल्कमा ५०%छुट, माछापुच्छ्रे क्रेडिट कार्डमा ५०%छुट, र रिटेल कर्जा सेवा शुल्कमा ०.१८% छुट लगायत बिभिन्न सरप्राइज गिफ्टहरु पनि प्रदान गर्ने बैंकले बताएको छ ।

बैंकले उक्त महोत्सव आश्विन महिना भरी जारी रहने बताएको छ । बैंकले सर्वसाधारणहरुलाई बैंकको नजिकको शाखामा गई महोत्सवमा सहभागी हुन तथा विशेष सुविधाहरुको लाभ लिन आव्हान समेत गरेको छ ।

पोखराबाट ०५७ सालमा बैंकिङ्ग कारोवार शुरु गरेको यस बैकले हाल ८६ वटा शाखा कार्यालय, २ वटा एक्स्टेन्सन काउण्टर, २८ वटा शाखा रहित सेवा लगायत ९९ वटा ए.टि.एम.बाट देशभरीका ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।