आर्थिक

सुजुकी जेन्युइन पार्ट्सको नयाँ आउटलेट बाफलमा

काठमाडौं । सुजुकी जेन्युइन पार्ट्सको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको डिलर एभ मोटर्सले आफ्नो सीआरओ अर्थात सर्टिफाइड रिटेल आउटलेट खोलेको छ । काठमाडौंको बाफलमा माँ सन्तोषी अटो पार्ट्सको नाममा सो आउटलेट खुलेको हो ।

आज एक कार्यक्रमका बीच सीजी होल्डिङ्सका नायब महाप्रबन्धक श्यामबहादुर श्रेष्ठले सो आउटलेटको उद्घाटन गरे । सो अवसरमा श्रेष्ठले सुजुकीका कुनै पनि सवारी साधनमा जेन्युइन पार्ट्स प्रयोग गरेमा सवारी साधनको आयु लामो हुने, यात्रा सुरक्षित रहने र पर्फमेन्स उत्कृष्ट हुने भएकाले सके सम्म सवारी साधनमा जेन्युइन पार्ट्स नै प्रयोग गर्नु पर्ने बताए ।

एभ मोटर्सका सञ्चालक दिलिप सिग्देलले हाल कम गुणस्तरका नन–जेन्युइन पार्ट्सको प्रयोग बढ्दो क्रममा रहेकाले उपभोक्ताहरुले जेन्युइन पार्ट्सको महत्व बुझ्नु पर्ने बताए । सीआरओ शुभारम्भको अवसरमा एक महिना सम्म पार्ट्समा १० प्रतिशत छुट उपलब्ध गराइने माँ सन्तोषी अटो पार्ट्सका सञ्चालक राज सुवेदीले जानकारी दिए ।

माँ सन्तोषी अटो पार्ट्स एभ मोटर्स अन्तर्गतको दोस्रो रिटेल आउटलेट हो । यो भन्दा पहिले सुकेधारामा एभ मोटर्सले आफ्नै आउटलेट सञ्चालन गरिरहेको छ । एभ मोटर्स सुजुकी जेन्युइन पार्ट्सको उपत्यकाका लागि आधिकारिक डिलर हो ।