आर्थिक

सनराइज बैंक द्वारा नेपाल बाल संगठनलाई सहयोग

काठमाडौँ । सन्राइज बैंकको एघारौं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल बाल संगठनमा एक कार्यक्रमको आयोजना गरी त्यहाँ रहेका १८० जना बालबालिकाहरुलाई सहयोग सामाग्रीहरु वितरण गरेको छ । बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरुलाई विविध सामाग्रीहरु वितरण गर्दै आईरहेको छ । यस वर्ष पनि बैंकले आफ्नो एघारौं वार्षिकोत्सवको उपलक्ष्यमा खाद्य सामाग्री, जाडो महिनाको लागि लुगा, भाँडाकुडाँ, तथा तन्ना वितरण गरेको छ ।

उक्त सामाग्रीहरु बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालकहरु ई. बच्छराज तातेड्, ओम्कृष्ण जोशी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य एवं बैंकका कर्मचारीहरुले वितरण गर्नुभयो । कार्यक्रममा बैंकका अध्यक्ष मोतीलाल दुगडले, बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरुलाई विविध सामाग्रीहरु वितरण गर्दै आई रहेकोमा यस वर्ष पनि बैंकको एघारौं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सामाग्रीहरु वितरण गर्न पाएकोमा खुशी व्यक्त गरे ।

यसै क्रममा नेपाल बाल संगठनका निर्देशक बालकृष्ण डंगोल, केन्दि«य सदस्य रामकृष्ण कँडेलले सन्राइज बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सव कार्यक्रममा नेपाल बाल संगठनलाई पु¥याउदंै आएको सहयोगका लागी धन्यवाद दिदैँ भविष्यमा यस्ता कार्यक्रमहरुको निरन्तरताका लागी अनुरोध गरे ।