बाग्मती

बीपीसंग मिलेर काँग्रेस स्थापना गरेका गणेशमानको स्मृति दिबश सम्पन्न

काठमाण्डौ । नेपाली कांग्रेसका संस्थापक नेता एवं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आज २१ औं स्मृति दिवस मनाईयो । उक्त दिवसको अवसरमा जनप्रशासन क्याम्पस बल्खुमा स्वर्गीय सिंहको प्रतिमामा माल्यार्पण गरी २१ औं स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ । स्ववियु जनप्रशासनको आयोजनामा स्वर्गीय सिंहको स्मृति दिवस मनाईएको कार्यक्रम संयोजक सन्देश आयार्चले जानकारी दिए ।
नेबिसंघका बिरष्ठ केन्द्रीय नेताहरुको उपस्थितिमा मनाएको गणेशमान स्मृति दिबशले बी गणेशमानको सम्झना गरेको वक्ताहरुले बताएका थिए । १९७२ सालमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो । लौह पुरुषका नामले समेत चिनिएका उनले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि निकै ठूलो संघर्ष गरेका थिए । जेलबाट भागेर भारत पुगेका सिंहले वीपी कोइरालासंग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका थिए । साथै स्मृति दिवसको अवसरमा नेवि संघको १२ औं महाधिवेशन पछि समेत विशेष अन्र्तरक्रिया कार्यक्रम गरिने नेबिसंघका नेता आचार्यले जनाएका छन ।