प्रवास

मदिरा सेवनले मलेसियामा ४ नेपालीको ज्यान गयो, १३ जना अस्पताल भर्ना

काठमाडौं । मदिरा सेवनले मलेसियामा ७ जनाको ज्यान गएको छ । बिशाक्त मदिराको सेवनबाट जाने जानेमा ४ नेपाली सहित ७ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा चार नेपाली, एक मलेसियन, एक बंगलादेशी र एक भारतीय नागरिक रहेका कमाण्डर डाटुक माज्लान मानसोरले बताएका छन् ।

यस्तै, कमाण्डर मानसोरका अनुसार २८ जना अस्पताल भर्ना भएका छन् । उनीहरुमध्ये १३ जना नेपाली रहेका छन् । ज्यान गुमाईएकाहरुको. पोष्टमार्टमाको तयारी गरिएको छ ।