राजनीति

नेपाली कांग्रेसको निष्कर्षः ओली सरकारका कारण संघीयता धरापमा !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार संविधानको कार्यान्वयनमा चुकेको आरोप लगाएको छ । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा विपी स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनमा सरकार संविधान कार्यान्वयनका सबै पाटोहरुमा चुकेको भन्दैँ सरकारको कडा आलोचना गरेको हो ।

पत्रकार सम्मेलनपछि एक विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधाने कांग्रेसकै नेतृत्वमा ३ तहको निर्वाचन सम्पन्न भएर कार्यान्वयनको ऐतिहासिक चरण पुरा भएको तर निर्वाचनले संस्थागत गरेको संविधानको समग्र सफलताका लागि राख्नु पर्ने गाम्भीर्यता वर्तमान सरकारवाट प्रस्तुत नभईरहेको जनाएको छ ।

सरकार संविधान कार्यान्वयनमा चुकेको कुरा ११ बुँदे विज्ञप्तीमार्फत सरकारको ध्यानाकर्षण गरेको छ । सरकारले संघियतालाई बलियो बनाउने ढंगले केन्द्रीय सरकारले ईच्छाशक्ति र क्षमता प्रस्तुत गर्न नसकेको, दुईवटा वाहेक अन्य प्रदेशको नामाकरण गर्न नसकेको, प्रदेश राजधानीहरुको अन्तिम टुङ्गोले गम्भिरता पूर्वक विषय प्रवेश समेत गर्न नपाएको, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग निर्माणमा संघिय सरकारले ढिलाई गरेका कारण जथाभावी कर निर्धारणको स्वन्छन्दताले अन्ततः संघियतालाई अलोकपृय बनाउने डिजाईनलाई बल पुर्याएको, संघिय सरकार र प्रदेश सरकार विच सहज तादाम्यता स्थापित नगरीएका कारण केन्द्र र प्रदेश विचको द्वन्द सार्वजनिक भेलाहरु मार्फत नै प्रकट हुँदै गएको र त्यसले नकारात्मक प्रभाव बढाएको लगायत आरोप कांग्रेसले विज्ञप्तीमामार्फत लगाएको छ ।

“संविधान संशोधनको विगतको प्रस्तावलाई राष्ट्रघात करार गरेपनि वर्तमान सरकारको नेतृत्वले अन्तत संशोधन आवश्यक ठहर त ग¥यो तर सत्ताको बाग्र्रेनिङ चिप्सका रुपमा प्रयोग गरेर अन्तत त्यसलाई अघि बढाएन ।,विज्ञप्तीमा भनिएको छ. परिणाममा अपनत्व विस्तारको विषय अझै अधुरो छ ।”

“सरकार बनेपछिको बितेको ७ महिनामा शान्ति सुरक्षाको स्थिति अत्यन्तै विग्रीएर गएको छ र सरकार सवैभन्दा वढी असफल यो प्रकरणमा भएको छ । निर्मला पन्तको प्रकरण अनेक कोणवाट कालो धब्बा बन्न पुगेको छ ।, पार्टी प्रवक्त विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तीमा भनिएको छ, दोषिलाई जोगाउन र निर्दोशलाई दोषि करार गर्न खोज्ने, न्याय माग्दा गोलि चलाउने र अर्को बालक मारिने । ‘निर्मलालाई न्याय’ नाराका साथ देशको १९ स्थानमा जन प्रदर्शन भइरहेकै दिन सम्माननीय प्रधानमन्त्रीको कार्यकर्तालाई अरिगांल झै जाईलाग्न भड्काउयुक्त भाषणको सन्देश के हो ? यो शैलिले के शान्ति सुरक्षालाई बढावा दिन्छ ? के यहि प्रवृत्तिको निरन्तरताले संविधानलाई सफल बनाउन सकिन्छ ?”

परिणाममा सरकारमा रहेका केहिले संविधान दिवस मनाइरहँदा सरकारमै बसेर कसैले यो दिवस नमान्ने, नमनाउने र कतिपयले कालो दिन नै घोषित गर्ने दुनियाँमा कही नभएको विचित्रको चित्र प्रस्तुत हुनु बर्तमान सरकारको नेतृत्वकै असफलता भएको कांग्रेसको ठहर छ ।

संविधान पालना गर्ने सरकारको पहिलो कर्तव्य भएको तर संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन नहुनु यसको पालनामा सरकारको इमान्दारीता नरहेको बताईएको छ ।

प्रतिपक्षलाई प्रतिपक्ष होइन भन्ने अभिव्यक्ति, निसेधाज्ञा, टिभि प्रस्तोतालाई कारवाही, कयौ सरकारी समाचार संस्थाबाट पत्रकारको विदाई, समाचार साभार गरेकोमा पत्रकारलाई हतकडी लगायत घटनाले सरकारको अलोकतान्त्रिक चरित्र छर्लङ्ग भएको कांग्रेसको निष्कर्ष रहेको छ ।