सामाजिक सञ्जाल

गजलकार अनुरागको नयाँ गजल: मुर्ख मनुष्यलाई ठुलो पर्खाल के काम लाग्ला र ?

बिजयकुमार शाह “अनुराग”/काठमाडौं ।

**गजल**

जमिन नहुनेहरुलाई त्रिपाल के काम लाग्ला र?
जस्तो नदि बिना माछिजाल के काम लाग्ला र?
**********************************
अभिभावककै विरुद्धमा उत्रनु भएछ महोदय।
अभिभावक विरुद्धमा सवाल के काम लाग्ला र?
**********************************
चोरी गर्नेनै हो भने चोरेरै छोड्छ याद गर्नु होला।
मुर्ख मनुष्यलाई ठुलो पर्खाल के काम लाग्ला र?
**********************************
महलमा बसेरै महलमा खाने बानी भएकालाई।
यो झुपडी भित्रको भातदाल के काम लाग्ला र?