आर्थिक

राजधानीको एक ग्रिल पसलमा युवती बलात्कृत, रक्सीको तालमा बलात्कार गर्ने दावालाई हतकडी

काठमाडौं । राजधानीको एक ग्रिल पसलमा २८ बर्षिय बालिका बलात्कृत भएकी छन् । काठमाडौँको सिमलटारस्थित आरुबारीमा मानसिक अवस्था गुमाएकी ती युवती सोमबार बलात्कारको सिकार भएकी हुन् ।

पारीवारिक स्रोतका अनुसार फकाएर युवतीलाई बलात्कार गरिएको जनाईएको छ । उनलाई बलात्कार गरेको आरोपमा बौँद्ध सोलुखुम्बुका दावा तामाङ पक्राउ परेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा तामाङले ग्रिल पसलमा लगेर बलात्कार गरेका खुलेको छ ।

प्रहरीलाई उनले दिएको बयानअनुसार रक्सीको नषाको तालमा उक्त कुकृत्य गरेका थिए ।