-ईश्वर न्यौपाने
बिना तेल दीयो जल्दैन हजुर
मसि बिना कलम चल्दैन हजुर!
मुटु नी पत्थर बनाउँछन् मान्छे
पत्थर त पकाएर गल्दैन हजुर!!
भाग्यले साथदीयो भन्दैमा पनि
बिना श्रम त भाग्य बल्दैन हजुर!
अहँकारी हुन्छ हरकोही मानीस
कैचिँले कैले रुख ढल्दैन हजुर!!
सकेजति तागत लगाउनुस मित्र
पानी भीत्र आगो बल्दैन हजुर !