काभ्रेपलाञ्चोक । मण्डन देउपुर नगरपालिकामा समुदायमा आधारित आपतकालीन (विपत्) प्रतिकार्य तालीम शुरु गरिएको छ । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले समुदायमा आधारित समावेशी जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत उक्त नगरपालिकाको दुई वडाका समुदायलाई एकहप्ते सो तालीम शुरु गरिएका जिल्ला सभापति रघुवर चौ प्रधानले बताए।
उनका अनुसार विपत्बाट जोखिममा परेका व्यक्तिलाई जोगाउने र त्यस्ता व्यक्तिलाई तत्काल राहत उपलब्ध गराउने विषयमा सिकाइनेछ । तालीममा नगरपालिकाभित्र गठित ५७ समितिबाट तीन/तीन जना सहभागी गराएर दुबै वडामा एकैसाथ डेढ महीने लामो तालीम सञ्चालन गरिएको हो । तालीममा खोज्ने, उद्धार गर्ने विषयमा तीन चरणका जानकारी गराउनाका साथै अभ्यास पनि गराइने प्रशिक्षक प्रदीप लामाले बताए ।
उनका अनुसार सहभागीलाई प्राथमिक उपचार, आकस्मिक स्वास्थ्य उपचार, खोप तथा महामारीबाट सुरक्षित हुने उपाय, डुबानमा परेका, बाढीपहिरो र आगलागीमा परेकालाई स्थानीय स्रोत प्रयोग गरी उद्धारबारे जानकारी गाराइने छ रेडक्रसले यसअघि दोलालघाट, ज्याम्दी, खरेलथोक र सस्र्यूखर्कमा सो तालीम दिइसकेको थियो ।