सूचना प्रविधि

सामसुमको आधिकारिक सेवा केन्द्र भानुचोक, जनकपुरमा सुरु

काठमाण्डौँ ।  नेपाल अधिराज्य भरी १७ वटा सामसुमका सेवा केन्द्रहरु भएको, आइएमसी केयरले आफ्नो १८ औं सेवा केन्द्र भानुचोक, जनकपुरमा सुरु गरेको छ ।

आइएमसी ग्रुपका अध्यक्ष दिपक मल्होत्राले “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसुम स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो” भने ।