प्रदेश 1

ट्रेड यूनियन कांग्रेस प्रदेश एकको टोली भारततर्फ प्रस्थान

बिराटनगर । औद्योगिक अवलोकन भ्रमणका क्रममा नेपाल ट्रेड यूनियन कांग्रेस प्रदेश एकको टोली भारततर्फ प्रस्थान गरेको छ।  शुक्रबार राती सीमावर्ती जोगबनीमा ७५ सदस्यीय टोलीको विदाई गर्दै ट्रेड यूनियन कांग्रेस प्रदेश एकका अध्यक्ष नारायणबाबु कार्कीले भ्रमणका क्रममा टोलीले त्यहाको श्रम सम्बन्ध तथा श्रमिक समस्याको विषयमा अध्ययन अनुसन्धान गर्ने जानकारी दिए।

त्यसैगरि टोलीले हिन्द मजदुर सभा तथा भारतिय राष्ट्रिय ट्रेड युनियन काँग्रेसका राष्ट्रिय नेतृत्वसँग मुम्बईमा दुइपक्षिय सम्वन्ध तथा अन्तर्रराष्ट्रिय ट्रेड युनियन आन्दोलन सम्वन्धमा अन्तरक्रिया तथा छलफल गर्ने नेपाल ट्रेड यूनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले जानकारी दिए। भारतीय टोलीसंगको भ्रमण कार्यक्रम राईको संयोजनमा भएको हो।

टोली विदाईका क्रममा कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले राष्ट्रिय झण्डा, ट्रेड यूनियन प्रदेश एक अध्यक्ष कार्कीले ट्रेड यूनियनको झण्डा, कांग्रेस सचिवद्धय नागेश कोइराला र मोदराज घिमिरेले ट्रेड यूनियनको ब्याज प्रदान गरेका थिए। टोली ट्रेड यूनियन मोरङ जिल्ला अध्यक्ष सुशील कोइरालाको नेतृत्वमा रहेको टोलीले १० दिने भ्रमणका क्रमा पटना, कोलकाता, मुुम्बई लगायतका शहर पुग्नेछ।