काठमाण्डौ । साँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई नेपालगञ्ज बिमानस्थलमा अभद्र ब्यबहार गरेको भन्दै ज्ञानेन्द्र शाहीलाई ललितपुर प्रहरीले हिराशतमा अनुसंधान कारबाही अगाडी बढाएको छ । शुक्रबार कैलालीको एक कार्यक्रममा भाग लिएर काठमाण्डौ फर्किने क्रममा बुद्ध एयरलाई अनुरोध गरी डेढ घण्टा ढिला गराएको भन्दै भ्रष्टाचार बिरोधी अभियान्तासहित रहेका ज्ञानेन्द्र शाहीसहितका युवाहरुले तथानाम गाली गर्दै बिरोध जनाएपछि मन्त्री भट्टराईको सामाजिक सञ्जाल लगायतमा राजिनामा माग्ने सम्मका बिरोध भईहेका छन् ।
मन्त्री भट्टराईले सामाजिक सञ्जालबाट १५ मिनट प्लेन आफ्ना कारणले ढिलो भएको स्वीकार गर्दै सम्बन्धीत यात्रुलाई पर्न गएको समस्याप्रति दुःख ब्यक्त गर्दै माफी मागेका छन् भने ज्ञानेन्द्र शाही लगायतका अभियान्ताले डेढ घण्टा डिलो भएको आरोप लगाएको छ । आईतबार पत्रकार सम्मेलन गरी नेपालगञ्ज बिमानस्थलको बारेमा सत्यतथ्य जानकारी दिन राखिएको ज्ञानेन्द्र शाहीको पत्रकार सम्मेलन नेकपा समर्थक विद्यार्थी संगठन अखिलको आक्रमणका कारण सफल हुन सकेन ।
ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले बिमानस्थलमा मन्त्रीलाई अभद्र गरेको अभियोगमा निबेदन आएअनुसार उनलाई पक्राउ पुर्जी दिएर पक्राउ गरिएको बताएका छन् । बिमानस्थल भित्र कुनैपनि अभद्र ब्यबहार गर्न नपाईने अन्तर्राष्ट्रिय कानून अनुसार नै उनलाई कारबाही हुने सम्भावना छ । मन्त्री भट्टराईका बिरुद्ध गालीगलौज गरेको र मन्त्री भट्टराई जति गाली गरेपनि चुप लागेर बसेको भिडियो सार्बजनिक भएको छ । उक्त भिडियो सार्बजनिक मात्र भएको छैन विश्वभरका नेपालीकाबीच पुग्नेगरी भाईरल पनि भएको छ ।
बुद्ध एयरले प्लेन १५ मिनटमात्र ढिला भएको दाबी गरेपनि सोही मन्त्रालय अन्तर्गत पर्ने एयरलाईन्सले सही बोल्यो भन्ने कुरा बिश्वास गर्न सकन्न । ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरी हिराशतमा राखेर अनुसंधान गरेपनि पत्रकार रबि लामिछाने पक्रा पर्दाजस्तो भीड लागेर नेपाली जनताको साथ पाउने छाँटकाट भने देखिन्न । तर मन्त्री भट्टराईले गलत काम गरेका हुन् र त्यसको त्तकाल बिरोध गरी जनतासँग नङ्ग्याउने पूण्य काम भने ज्ञानेन्द्र शाहीले गरेका हुन् । मन्त्री जस्तो उच्च पदमा बसेर पदको दुरुपयोग गरी प्लेन डिले गराउने अपराधीक कूकर्म मन्त्री भट्टराईले गरैकै हुन् । चाहे जुनसुकै स्तरको ब्यक्ती होस्, जुनसुकै राजनीतिक दलको वा प्रहरी र सेनाको होस्, पब्लिक जहाज रोक्न पदको दुरुपयोग गर्नु गलत हो । सक्छन् भने मन्त्री भट्टराईले राजिनामा दिउन्, उनले प्रतिरक्षा गरी जनताको भरोसाको केन्द्रबिन्दुबाट हट्ने हो भने चैं पदमा बसिरहलान्, पछि सुधार्ने हिसाबले चल्ने हो भने उनको लागि नै राजिनामा पहिलो र राम्रो कदम हो ।
उनले सामाजिक संजालमा मार्फ माग्नुपनि लज्जास्पद नै हो
के भनेका छन् त?
“आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए । नेपालगंज बिमानस्थलमा ३र ४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु ।
मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।”






