समाचार

आलमको सांसद पद खतरामा, हतकडी लागुन्जेलसम्मका लागि बन्द भयो सेवा सुबिधा

काठमाण्डौ । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा साँसद मो. अफ्ताव आलमको सरकारी सुबिधा कटौती भएको छ । १२ बर्ष अगाडी चुनाव ताका भएको १४ जनाको ज्यान जानेगरी भएको रौतहटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आईतबार पक्राउ गरेपछि उनको संसदले पाउने सेवासुबिधा कटौती गरेको छ ।

प्रतिनिधि सभा नियमावली २४४ को दफा ३ बमोजिम फौजदारी अभियोग लागेको ब्यक्तीलाई थुनामा रहेको अवधिभर कुनैपनि कार्य गर्न तथा सेवा सुविधा दिन नपाईने नियमानुसार बन्द हुने संसद सचिवालयले जनाएको छ ।

आलमको आरोप प्रमाणीत भएमा उनको साँसद पद जाने कानूनी ब्यवस्था छ । बम बिष्फोटमा घाइते भएका ११ जनालाई ईट्टाभट्टाको भूङ्ग्रोमा हालेर दर्दनाक रुपमा मारेको आरोप उनलाई लागेको छ ।