२४ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ८ जना सदस्यहरू थपिएका छन्।
उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानको सदस्यमा मंगलबार ८ जनालाई मनोनीत गरेका हुन्।
प्रकाश पन्थ, डा। प्रेमध्वज लामा, विज्ञान प्रसाईं, रेशम गुरुङ, सीताराम काफ्ले, प्रतीक्षा चापागाईं, मोहन गजुरेल र अनुपा श्रेष्ठ मनोनीत भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।





