समाचार

अध्यक्ष दहालसंगको भेटको केहिदिनमा नै प्रधानमन्त्री एक्कासी अस्पतालमा ?

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहानै उपचारका लागि काठमाण्डौको गांण्डी अस्पताल पुगेको समाचार छ । स्वस्थ्य अवस्था खराव भएपछि बिदेश गएर पटक पटक उपचार गराईएको नेकपा अध्यक्ष समत रहेका प्रधानमन्त्री ओलीलाई नियमीत चेकजाँचका लागि अस्पताल लगिएको प्रधानमन्त्रीका सल्लाहकार कुन्दन अर्यालको दाबी छ ।

पछिल्लो समय नेकपाका अर्का अधयक्ष पुष्पकमल दहालसँग भेट गरेका अध्यक्ष ओली राजनीतिक तनावमा छन् । प्रधानमन्त्री ओलीमाथी कि सरकारको नेतृत्व गर्नुपर्ने कि त पार्टीको नेतृत्व गर्नुपर्ने भन्दै एक ब्यक्री एक पदको कुरा दह्रोसँग उठेको छ । प्रधानमन्त्ती ओली दुबै पद छोड्न चाहदैनन् भने अध्यक्ष दहाल दुईमध्ये एक पद छाड्नुपर्ने पक्षमा रहेका छन् । दहालको उक्त चाहना भएपनि उनले अध्यक्ष ओलीसंग आफूले भन्दा पनि नेताहरु माधबकुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतम लगायतका नेताहरुबाट उक्त एजेण्डालाई बलियो बनाउन रणनीति लिईरहेको बुझिएको छ । बैठकमा नै नेता गौतमले उक्त कुरा उठाएका थिए । अब छठ पछि बस्ने बैठकमा उक्त कुराले प्राथमिकता पाउने अनुमान छ ।

अध्यक्ष दहालले भेटमा ओलीलाई भद्र सहमतीबारे समेत कुरा गरेको हुनसक्ने अनुमान राजनीतिक बृतमा लगाईएको छ। पाटी एकीकरण भएपनि सबै तह तप्का नमिलेकाले प्रधनमन्त्रीलाई दहालको दबाबले समेत झनै तनाव दिएको हुन सक्ने देखिएको छ ।