२४ असार, काठमाडौं । नयाँ प्रणालीमा लैजानका लागि दुई दिन राहदानी सेवा बन्द हुने राहदानी विभागले जनाएको छ।
आज विभागले सूचना प्रकाशित गरी असार २५ र २६ गते राहदानी सेवा बन्द हुने उल्लेख गरेको छ। तर, अन्य सेवा भने यथावत रहने भएको छ।
राहदानी सेवा बन्द रहेका दिनमा पनि यसअघि तयार भइसकेका राहदानीको वितरण हुने विभागले जनाएको छ।
मोबाइलमा राहदानी संकलनका लागि एमएमएस प्राप्त भएका सेवाग्राहीले राहदानी संकलन गर्न सक्ने विभागको सूचनामा उल्लेख छ ।





