नेपाल । १३ औं दक्षिण एसियाली (साग) पुरुष टि ट्वान्टी क्रिकेट अन्तर्गत पहिलो खेलमा श्रीलंकाले नेपाललाई ६ विकेटले पराजित गरेको छ ।
नेपालले पहिले व्याटिङ् गर्दै श्रीलंकाको यू-२३ टोलीसामू १७३ रनको लक्ष्य पस्किएको थियो । टियु क्रिकेट मैदान, किर्तिपुरमा श्रीलंकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएसँगै जवाफी ब्याटिंगमार्फत उसले १९ दशमलव १ ओभरमा चार विकेटको नोक्सानीमा लक्ष्य भेटाएको हो ।
नेपाली बलरले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसक्दा पहिलो खेलमै हारको सामना गर्नुपरेको हो । श्रीलंकाको जितमा सम्मु असम नायक बने । उनले ४४ बलमा ७२ रनको उत्कृष्ट इनिङ खेले ।
नेपालको सुरुवात राम्रो रहेको थिएन । नेपालको स्कोर २ रन हुँदा पारस खड्का व्यक्तिगत एक रनमा आउट भए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २० बलमा ३ चौका सहित २१ रन बनाएका थिए । नेपालका उप कप्तान दीपेन्द्र सिंह ऐरी ४४ बलमा ४ चौका र ३ छक्का सहित ७२ रनमा अविजित रहे । दीपेन्द्रले ३४ बलमा अर्ध शतक पुरा गरेका थिए ।
श्रीलंकाका लागि कमिण्डु मेण्डिसले सर्वाधिक २ विकेट लिए ।





