काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा नयाँ भर्नाका लागि आह्वान गरेको छ । बुधबारको गोरखापत्रमा एक सुचना जारी गर्दै प्रहरी निरिक्षक तथा प्रहरी सहायक निरिक्षक असई मा नयाँ भर्ना खोलेको हो ।
सशस्त्रले ५८ जना सशस्त्र प्रहरी निरीक्षक तथा २३९ असईका लागि भर्ना खोलेको हो । प्रकाशित सुचना अनुसार ३१ वटा खुला सहित कुल ५८ जनाका लागि सशस्त्र प्रहरी निरीक्षकको पदमा आवेदन आह्वान गरिएको छ ।
यसैगरी असई पद खुल्ला तर्फ १२८ सहित कुल २३९ को संख्यामा आवेदन मागिएको छ।





