पु.समाचार

लागुऔषध सहित २ जना पक्राउ

arrest

काठमाण्डौ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हिजो दिउँसो ३  बजे काठमाण्डौ महानगरपालिका ३२ फेमली क्याफेबाट काभ्रे बनेपा बस्ने मकवानपुर हेटौडाका सुवास पराजुली र सोही ठाउँका मनिश शाहीलाई पक्राउ गरेको छ ।

निजहरूको साथबाट प्रहरीले लागुऔषध नाईट्राभेट १ सय ५० ट्याबलेट बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।