स्वास्थ्य

डा कार्कीको नेतृत्वमा १२ बिशेषज्ञ चिकित्शकद्वारा केएमसीको नि:शुल्क स्वास्थ्य शिविर !

काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल, पि.एन. पन्त फाउण्डेशन नेपाल तथा आसमानको संयुक्त आयोजनामा महोत्तरी जिल्लाको औरहि नैनीगौरी गाउँमा यही पौष ४ र ५ गते २ दिने निशुल्क डेण्टल एवं साधारण स्वास्थ्य परिक्षणको शिविर हुन गईरहेकोे अस्पतालले बताएको छ । यो शिविर काठमाडौं मेडिकल कलेजले प्रत्येक वर्ष आयोजन गर्ने गरेको जनाईएको छ ।

यस वर्षको निशुल्क स्वास्थ्य शिविर सो कलेजकी कार्यकारी प्रमुख तथा बरिष्ठ प्रशुती तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा. चन्दा कार्कीको नेत्रृत्वमा हुन लागेको र यसमा १२ जना विशेषज्ञ चिकित्सकहरु सहित २० जना चिकित्सकहरु र वरिष्ठ नर्सहरुको टोली सहभागी हुने अस्पताल प्रशासनले जानकारी दिएको छ ।

कम्तिमा ५०० जनाले सेवा लिने लक्ष्यमा शुरु गरिएको यस शिविरमा स्त्री रोग सम्बन्धि सेवा, मुख तथा दन्तरोग सम्बन्धि सेवा (विग्रेको दाँत निकाल्ने समेत), नाँक कान घाँटी रोग परिक्षण सेवा, साधारण मेडिकल चेक अफ सेवा सहित साधारण मुटुरोग परिक्षण तथा आधारभूत रगत परिक्षण (प्याथोलोजी सेवा) तथा ई.सि.जि सेवा उपलब्ध हुनेछ । उक्त शिविरमा आवश्यक औषधीहरु पनि वितरण गरिनुका साथै अस्पतालमै उपचार गर्नुपर्ने पहिचान भएका विरामीहरु ईच्छुक भएमा उनीहरुलाई काठमाडौं मेडिकल कलेजको निशुल्क उपचार सेवा कार्यक्रम अन्र्तगत कलेजको सिनामंगल स्थीत शिक्षण अस्पतालमा उपचार गरिने पनि अस्पतालले जानकारी गराएको छ ।