पर्सा । बीरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मणवा (ब्रहमचोक) स्थितमा बस्ने अनिल श्रेष्ठले संचालन गरेको सिद्धिबिनायक पुजा सामाग्री प्रोडक्टस उधोगमा रसायन मिसावट गरी पुजा, दुर्गा र गोकुल शुद्द घ्युको स्टिकर लगाई नक्कली घ्यु उत्पादन तथा बिक्री बितरण गरेको पाइएको छ ।
आइतबार यस कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले उक्त स्थानमा खटि गई भुवनमान श्रेष्ठको छोरा बर्ष ३३ को अनिल श्रेष्ठ, प्रेम बहादुर श्रेष्ठको छोरा बर्ष ३७ को रमेश श्रेष्ठ र शिवनाथ प्र।यादवको छोरा बर्ष २५ को राम विलास यादवसहित पुजा, दुर्गा र गोकुल नाम गरेको व्राण्डको ५२ काटुन घ्यू ९१ कार्टुनमा १२ किलोको दरले, डाल्टा घ्यु २९ काटुन ९१ कार्टुनमा २० किलोको दरले तथा सो बनाउन प्रयोग हुने रसायन र भाडा कुडा र लेवलिङ गर्न प्रयोग हुने बिभिन्न वाण्डको स्टिकरहरु समेत बरामद गरी यस कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिए ।





