सामाजिक सञ्जाल

डा भट्टराई भावुकः प्रधानमन्त्री र आसोपासेले अब पुरै देश नै यतीको जिम्मा लगाए भैगो नि

काठमाडौं । संघीय समाजबादीका अधयक्ष डा बाबुराम भट्टराईले ति’को खोजीमा वैज्ञानिकहरू आजित भएको वेला हाम्रा प्रम र आसेपासेहरूले उसलाई हुर्काएर यस्तो जब्बर जन्तु बनाइसकेछन् भन्दै अब देश नै यतीको जिममा लगाए भैगो नि भनेका छन् । नेपाल ट्रष्टका पदाधिकारहरूले‘यति’नहुने हो भने गोकर्ण फरेष्ट इ.गौचरन बन्ने ठोकुवा गरेछन् , सो भए पूरै देश‘यति’कै ज़िम्मा लगाए भैगो ! समृद्ध नेपाल बनाउने क्या ग़ज़ब काइदा । भन्दै ब्यग्य गरेका छन् ।

उनले स्टाटसका यस्तो लेखेका छन्ः ‘यति’को खोजीमा वैज्ञानिकहरू आजित भएको वेला हाम्रा प्रम र आसेपासेहरूले उसलाई हुर्काएर यस्तो जब्बर जन्तु बनाइसकेछन्ने ! नेपाल ट्रष्टका पदाधिकारहरूले‘यति’नहुने हो भने गोकर्ण फरेष्ट इ.गौचरन बन्ने ठोकुवा गरेछन् , सो भए पूरै देश‘यति’कै ज़िम्मा लगाए भैगो ! समृद्ध नेपाल बनाउने क्या ग़ज़ब काइदा ।