एजेन्सी । विश्वकै कान्छी फिनल्याणकी प्रधानमन्त्री सन्ना मरिनले नयाँ नियम लागू गर्ने प्रस्ताव अगाडि बढाएसँगै उनको चर्चा थप चुलिएको छ । उनले हरेक सप्ताहमा तीन दिन छुट्टी अनि बाँकी चार दिन पनि दैनिक ६ घन्टाका हिसावले मात्र काम गर्ने प्रस्ताव अगाडी बढाएकी हुन् ।
डेली मेलको रिपोर्ट अनुसार सन्नाको भनाइ छ कि परिवार र प्रिय मान्छेसँगको भेटमा ज्यादा समय बिताउनु पर्छ । आफ्नो दल सोसल डेमोक्र्याटिक पार्टीको १२० औं वार्षिकोत्सव कार्यक्रममा उनले भनेकी छिन्, ‘हरेक मान्छे जीवनमा गर्न चाहेको र जीवनका अन्य संस्कृतिजस्ता पक्षमा धेरै समय बिताउन योग्य छन् । यो कामकाजी जीवनका लागि अर्को कदम हुनेछ ।’
हाल फिनल्यान्डमा हप्ताको पाँच दिन दैनिक ८ घन्टाका हिसावले काम गर्नुपर्छ । उनको उमेर ३४ वर्ष मात्र पुगेको छ।