३ असार, काठमाडौं । मध्यपुर्व युद्धमा घोषण भएको शान्ति सम्झौताको बाबजुद इजरायली सेनाले बुधवार दक्षिण लेबनानका धेरै क्षेत्रहरूमा हवाई आक्रमण गरेको लेबनानी मिडियाले रिपोर्ट गरेका छन् ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायली युद्धरत विमानहरूले नबातीह अल–फाका क्षेत्र र छिमेकी सहर कफर तेबनिटको पूर्वी इलाकालाई लक्षित गरी छापा मारेको बताएको छ ।
इजरायलीहरूले जह्रानी क्षेत्रको अन्सारीह सहरमा पनि ड्रोन आक्रमण गरेको जनाइएको छ ।
सोमबार मध्यपूर्व युद्धको अन्त्य गर्न अमेरिका–इरान सम्झौता घोषणा भए देखि लेबनानमा हिंसात्म गतिविधि घटेको जनाइएको छ तर सम्झौता भए पछि भएको इजरायली आक्रमणका कारण कम्तिमा पाँच जनाको मृत्यु भएको जनाइएको छ ।
सुधारको आशासँगै दक्षिण लेबनानका बासिन्दाहरूलाई आफ्नो बासस्थान फर्कन र आफ्नो सहर र गाउँहरूको निरीक्षण गर्न अनुमति दिएको छ, तर लेबनानी सेनाले इजरायली आक्रमणको जोखिम अझै बाँकि रहेको भन्दै स्थानीयहरूलाई फिर्तीमा ढिलाइ गर्न आग्रह गरेको छ ।
इरान समर्थित लडाकु समूह हेजबुल्लाहले मार्चको सुरुमा अमेरिका–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेताको हत्याको बदला लिन इजरायलमा रकेट प्रहार गरेर लेबनानलाई मध्यपूर्व युद्धमा तानेको थियो ।
जसको जवाफ इजरायलले हवाई तथा स्थलगत आक्रमणको छुट्टै अभियानको साथ दिएको थियो ।
इरानका विदेश मन्त्री अब्बास अराघचीले मङ्लबार यस युद्धमा कब्जा गरेका क्षेत्रहरू बाट इजरायली सेना फिर्ता नगरे सम्म द्वन्द्वको अन्त्य नहुने बताएका छन् ।
आगामी दिनमा लेबनानमा कुनै पनि सैन्य आक्रमण र लेबनानका क्षेत्रहरूमा निरन्तर कब्जा गर्नु शान्ति सम्झौताको विपरित हुने उनले बताएका छन् ।





