अन्तर्राष्ट्रिय

ट्रम्पको धम्की : इरानको व्यवहार ठीक नभए फेरि टाउका मै बम झार्छौं

३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड
ट्रम्पले इरानलाई फेरि धम्की दिएका छन् ।

इरानसँग भएको सम्झौताको सहमति अन्तिम नभएको भन्दै ट्रम्पले भने यदि ऊ(इरान) ठीक तवरले व्यवहार गर्दैन भने हामी सिधै फेरि उसको शिरको ठीकमाथि बम झार्न लागिहाल्छौं,’ ।

जी–७ राष्ट्रहरूको शिखर सम्मेलनमा बोल्दै उनले यस्तो धम्की दिएका हुन्।

मंगलबार मात्रै ट्रम्पले इरानसँग भएको सहमतिअनुसार अब उसँग कहिल्यै परमाणु हतियार नहुने दाबी गरेका थिए ।

यसअघि पाकिस्तानसहितका देशहरूको मध्यस्थतामा अमेरिका र इरानबीच जारी युद्ध रोक्ने सहमति जुटेको थियो । जसअनुसार शुक्रबार स्वीट्जरल्यान्डमा दुई देशबीच सम्झौतामा हस्ताक्षर हुने भनिएको छ ।