काठमाडौं । साझा पार्टीले पौष २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने निर्णय गरेको छ।
साझा पार्टीले विज्ञप्ती जारी गर्दै भनेको छ, “नेपाली हामी रहौँला कहाँ नेपालै नरहे” भने झैँ पृथ्वीनारायण शाहले नेपाल राज्यको निर्माण नगरिदिएको भए आज हामी के हुन्थ्यौँ अनुमान गर्न कठिन छ। नेपालको विविधताको जगमा राष्ट्रिय एकतालाई सवल बनाउने मार्गदर्शक सुत्रका प्रणेता पृथ्वीनारायण शाहको दुरदर्शिता र दिव्य उपदेश संवृद्ध नेपाल निर्माणका लागि अहिले पनि उत्तिकै सान्दर्भिक छन्। तसर्थ, साझा पार्टी सरकारलाई नेपाली रूपैयाँमा पृथ्वी नारायण शाहको फोटो अंकित गर्न र हरेक सरकारी कार्यालयमा ससम्मान उनको फोटो राख्न निर्देशन जारी गर्न आग्रह गर्दछ। देश, विदेशमा रहेका सबै नेपाली तथा साझा पार्टीका सम्पूर्ण इकाइलाई हरेक वर्ष पौष २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन पनि साझा पार्टी आग्रह गर्दछ।”
साझा पार्टीको उक्त निर्णयपश्चात राप्रपा पछि साझा पार्टी नै पृथ्वीनारायण शाहको सार्बजनिक रुपमा नै सम्मान गर्ने पार्टीको रुपमा देखिएको छ । कम्युनिष्टले राजा नमान्ने नीति राखेका थिए भने पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पनि गणतनत्रमा गएपछि राजसंस्थाप्रति त्यति नरम देखिएको छैन । काँग्रेसको एउटा खेमा भने राजा मान्ने बिषयमा सकृय नै छ, पृथ्वी जयन्ती मनाउने बिषयमा बहस गरिरहेको छ ।