प्रदेश 1

गतिलो गुरुयाेजना निर्माण गरी दीर्घकालीन विकासमा अघि वढ्न आवश्यक: विशाल भट्टराई

खोटाङ । खोटाङको सुदूर उत्तरमा अवस्थित अत्यन्त मनमोहक र सुन्दर पर्यटनस्थल बहानेपोखरीको पहिलो महोत्सव आजदेखि सुरु भएको छ । उक्त महोत्सवको उद्घाटन प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राइले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईसहित अन्य प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । उक्त महोत्सवमा बोल्दै सांसद भट्टराईले वहानेपाेखरीकाे गतिलो गुरुयाेजना निर्माण गरी दीर्घकालीन विकासमा अघि वढ्न आवश्यक रहेको बताए ।

स्थानीय जाति-जनजातिहरुको आकर्षक झाकी प्रस्तुति सहित राष्ट्रिय र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सव ५ दिनसम्म चल्ने सम्योजक गृहबहादुर राइले बताए । संघीय सरकारले याे ठांउकाे विकासका लागि यस आ.व. मा वीसलाख वजेट उपलब्ध गराएकाे छ ।