काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईमाथि काठमाडौं जिल्ला अदालतमा शारीरिक यातना दिएको तथा यौन दुर्व्यवहार गरी घरेलु हिंसा गरेको आरोप लगाउँदै मुद्धा दायर भएको छ ।
एक महिलाले आफ्नो पति भएको भन्दै अंश मुद्दा दायर गरेकी छिन् । महिलाले आफूलाई सञ्चार मन्त्री भएका बखत राईले राजधानीको गोल्फुटारमा कोठा लिई राखेको र राईसँग ७१ सालदेखि सँगै रहेको बताएकी छिन् ।
पूर्वसभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहारको आरोपमा पदवाट राजीनामा दिएको केहि महिनामै नेकपाका नेतासमेत रहेका मुख्यमन्त्रीमाथि पनि यस्तो मुद्धा लागेको हो ।





