काठमाडौं । प्रजातन्त्र सेनानी, नेपाली कांग्रेस सुनसरीका पुराना नेता एवं पूर्व महासमिति सदस्य ८६ वर्षीय अमरबहादुर गौलीको आज विहान ६ बजे इटहरी उपमहानगरपालिका स्थित आफ्नै निवासमा निधन भयो । स्वर्गीय गौली २०६४ को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार हुनुहुन्थ्यो । स्वर्गीय गौलीले नेपालको प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । उनले भन्नु भएको छ— “नेपाली कांग्रेस सुनसरीका पुराना नेता, पूर्व महासमिति सदस्य एवं प्रजातन्त्र सेनानी अमरबहादुर गौलीको निधनको खबरले मलाई दुःखीत तुल्याएको छ । उहाँले नेपालको प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनहरु तथा पार्टी संगठनमा पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो तर्फ हार्दिक समवेदना प्रकट गर्दछु ।”





