पु.समाचार

जनयुद्धमा बाबु मारिएपछि आक्रोशित भएका तिरुवा माओबादी कार्यकर्ता भएको पुष्टी (अपडेट२)

काठमाडौं । आज दिउँसो भरतमोहन अधिकारीको स्मृति सभामा जुत्ता प्रहार गर्ने ब्यक्त माओबादीका कार्यकर्ता रहेको खुलेको छ । जुत्ता प्रहार गर्ने रतन तिरुवाका बुवा ०५७ सालतिर तत्कालीन सरकारका तर्फबाट मारिएपछि आक्रशित भएका तिरुवा पछिललो समय नेकपाका नेताहरुसंग असन्तुष्ट रहेको माओबादी निकटका हरुको भनाई छ । पछिल्लो समय नेकपा अध्यक्ष दहाल ओलीबीचको तिक्तता सार्बजनिक भएको अवस्थामा ओली पक्षीय कार्यकर्ताले आक्रमण गरेको हुनसक्ने केही कार्यकर्ताले आँकलन गरेका थिए ।

पछिललो समय नेत्रबिक्रम चन्द निकट नेकपामा ईन्भल्भ भएको बताईएको तिरुवाले प्रहार गरेको जुत्ताले अध्यक्ष दहाललाइ नलागेपछि बुवाको निधनको आक्रोसमा उनले जुत्ता हानेको देखिन्छ । तिरुवालाई हाल महानगरीय प्रहरी कार्यालय सिंहदरबारमा राखिएको छ ।

यो समाचार पनि पढ्नुहोस्:-

नेकपा अध्यक्ष दहालमाथी जुत्ता प्रहार, प्रधानमन्त्री निकटका कार्यकर्ताले हानेको हुन सक्ने !

 

अध्यक्ष दहाललाई जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवा पक्राउ (अपडेट)