गण्डकी प्रदेश

पत्रकार गुरुङलाई युकेबाट तीन लाख ५६ हजार आर्थिक सहयोग

पोखरा । मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्यलाभ गरिरहेका पत्रकार राजबहादुर गुरुङलाई युकेबाट आर्थिक सहयोग प्राप्त भएको छ । पोखरा–१६ दीपस्थित उहाँको निवासमा आज आयोजित एक कार्यक्रममा युकेमा सङ्कलन गरिएको रु तीन लाख ५६ हजारको चेक फोटो पत्रकार सङ्घका अध्यक्ष मिलन गुरुङले हस्तान्तरण गरेका हुन् ।

युवा समाजसेवी तथा सामाजिक अभियन्ता लन्डन निवासी चारभञ्ज्याङकी चेली अन्तिम गुरुङको सक्रियतामा सो रकम सङ्कलग्न गरिएको सो अवसरमा जानकारी दिइयो । मिर्गौला सफल प्रत्यारोपणपश्चात् निवासमा आराम गरी क्रमिकरुपमा स्वास्थ्य परीक्षणमा रहेका पत्रकार गुरुङले सहयोगीलाई धन्यवाद दिदै सबैको साथ सहयोगले प्रत्यारोपण सफल भएको विश्वास व्यक्त गरे ।