पु.समाचार

नेकपाका राईलाई अदालतले सुनायो बलात्कार गरेको अभियोगमा आठ बर्ष कैद फैसला

काठमाडौं । नेकपाको भातृसंगठन अनेराश्ववियूका निलम्बित् केन्द्रीय सदस्य ईन्द्रहाङ राइलार्ई बलात्कारको अभियोगमा काठमाडौं जिल्ला अदालतले आड बर्ष कैद सजाय सुनाएको छ ।

आर आर क्याम्पस प्रदर्शनी मार्गका स्ववियू सचिव समेत रहेका राईले कलेजमा अधययनरत बिद्यार्थी एक युवतीलाई देउशी खेल्ने समय परेको बेला तिहारको समयमा बलात्कार गरेको भन्दै निबेदन परेको थियो ।

राईलाई आर आर क्याम्पस स्ववियू र अनेराश्ववियूले साधारण सदस्य नरहने गरी कारबाही गरिसकेको छ भने युवतीले बौद्ध प्रहरीमा कारबाहीका लागि निबेदन दिएकी थिईन् ।

निबेदन पश्चात प्रहरीले प्रमाण संकलन गरेको थियो भने आवश्यक रक्तपरीक्षण पनि गरेको थियो । बलात्कारको घटनामा नेकपाका नेता कृष्ण बहादुर महराले सभामुख पद नै गुमाएका छन् भने प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईमाथी पनि एक महिलाले बलात्कार गरेको आरोप लगाउँदै अंश मुद्धा समेत हालेकी छन् ।

एक प्रदेश साँसद समेत उक्त बलात्कार अभियोगमा परेपछि पछिललो समय नेकपामा थप लफडा भएको छ ।