काठमाडौं । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत मसान्तसम्म बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय तथा विश्वविद्यालयका पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेलको संयोजकत्वको समितिको बैठकले उक्त निर्णय गरेको हो ।
आज बसेको बैठकले ११ वटै बिश्वबिद्यालय अन्तर्गतका परीक्षाहरु भने बन्द गरिएको छैन । परीक्षामा सहभागी बिद्यार्थीहरुलाई उच्चस्तरको चेकजाँचपछिमात्र हलभित्र प्रवेश गराईने निर्णय गर्दै २५ जनाभन्दा बढी भेला हुने नाईट क्लव, पार्टी प्यालेस, सिनेमा हल लगायतका भीडभाड हुने स्थानहरु चैत्र मसान्तसम्म बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ । कोरोना प्रभावित ५५ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउँदै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्बसाधारणलाई आग्रह गरेको छ ।
अमेरिकामा १०० भन्दा बढी, भारतमा ३ जनाको कोरोना भाईरसका कारण निधन भईसकेको छ भने नेपाललाई बिश्व स्वास्थय संगठनले उच्च जोखिमको रुपमा लिएको छ ।





