पु.समाचार

कोरोना भाईरस संक्रमण रोक्न गगन चिन्तित, सरकारलाई दिए ११ सल्लाह यस्ता

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन कुमार थापाले कोरोना संक्रमणका बिषयमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेललाई ११ बुंदे सुझाव दिएका छन् । पुर्वस्वास्थ्यमन्त्री समेत रहेका नेता थापाले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत कोरोना संक्रमण तथा रोकथानका उपायबारे १ज्ञ बुंदे ध्यानाकर्षण गराएका हुन् ।

आज बसेको मन्त्री पोख्रेल नेतृत्वको बैठकले कोरोना प्रभावित ५५ वटा बिदेशी मुलुकबाट मानिसहरुलाई नेपाल प्रवेशमा रोक लगाएको छ भने सबै नेपालीहरुलाई अत्यवशयक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिसकेको छ ।
यसै क्रममा कोरोना भाइरस (COVID-19) को जोखिमका सम्बन्धमा सरकारले तत्काल चाल्नुपर्ने आवश्यक कदम र तयारीका क्रममा नेता थापाले फागुन १८ गते संसदमा सार्बजनिक महत्वको प्रस्ताव दर्ता गराईसकेका थिए । उनले सरकारलाई माहामारी रोक्न सल्लाह दिँदै नेकपा सरकारलाई आवश्यक सहयोग गर्ने बताएका थिए भने उचित सल्लाह दिएर थप समर्थन समेत देखाएका छन् ।

उनको प्रस्तावः