चैत्र ७, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले बिमानस्थलमा गुणस्तरीय प्रबिधि बिनाका हेल्थ डेस्क राखेर रमिता प्रदर्सन गरेर मात्र संकट टार्न नसकिने बताएका छन् । अन्तराष्ट्रिय उडानहरु बन्द भएपछि हाम्रा नाकाहरुबाट निर्वाध आवागमन भइरहेको बताउँदै गर्नु आबश्यक रहेको औंल्याएक छन् । कोरोनाको त्रासका कारण लाखौं नेपाली दाजुभाईदिदीबहिनीले सहर छाडिरहेको यो समय गाउँमा थप सतर्कताको खाँचो रहेको जिकिर गरेको छन् ।
उनको स्टाटस्ः
अन्तराष्ट्रिय उडानहरु बन्द भएपछि हाम्रा नाकाहरुबाट निर्वाध आवागमन भइरहेको छ। गुणस्तरीय प्रबिधि बिनाका हेल्थ डेस्क राखेर रमिता प्रदर्सन गरेर मात्र संकट टार्न सकिन्न । नाकामा अझ कडाइ गर्नु आबश्यक छ। लाखौंले सहर छाडिरहेको यो समय गाउँमा थप सतर्कताको खाँचो छ#Hello_Sarkar






