पु.समाचार

कोभिड १९ः नियन्त्रणका लागि सातै प्रदेशमा पुगे सवास्थ्य सामग्री

काठमाडौं । सरकारले कोभिड १९ रोकथामत था नियन्त्रण गर्न चीनबाट ल्याएका औषधिजन्य सामग्री सातै प्रदेशमा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवाविभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सातवटै प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण र स्वाथ्यकर्मीका लागि आवश्यक उपकरण समेत पठाइएको जानकारी दिएको थियो।
सातै प्रदेशमा स्वास्थ्य सामाग्री पुगेको कुरा प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले बताएका छन् । ल्याइएको स्वास्थ्य सामग्री सबै प्रदेशमा पुगेको छ ।
प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली सेनाको स्काई ट्रक तथा प्रदेश नं २, वागमती, गण्डकी र प्रदेश नं ५ मा सडक यातायातबाट पुर्याइएको सल्लाहकार थापाले बताएका छन्