खुला पत्र ।
सम्माननिय प्रधानमन्त्री ज्यू।
प्रधानमन्त्री ज्यू को निजी सचिवालय बालुवाटार।
बिषय । सरकारको निर्लज्ज बेबहार र जन चासो सम्बन्धमा दार्चुला,नेपाल भारत सिमामा घटेको घटना संक्षिप्तिकरण सहित।
सर्ब प्रथम तपॉंइको स्वास्थ लाभ अनी दीर्घायुको कामना गर्दछु। तपाईँको नेतृत्वमा भएको कोरोना भाइरसको बिरूद्धको लडाइमा हाम्रो पूर्ण समर्थन छ। लक डाउन अर्थात घर भित्रको बसाईको आज एघारौं दिन। बॉंच्न पाइने आशामा खुशी छौंं।
यसै पत्र मार्फत नयॉ बर्ष २०७७ को शुभकामना प्रदान गर्दछु।
प्रधानमन्त्री ज्यू।
यो पत्रमा मैले धेरै बिषय राख्ने इच्छा नगरेकै हुं। तथापी पनि चिन्ताले जनताको मनमा घर वनाएको प्रसंगका बारे संक्षिप्त रूपमा कुरा राख्ने अनुमति चाहन्छु।
सुरूमा सरकारले ल्याएको राहत नितीले यो लेख्दासम्म सम्बोधन गर्न खोजिएको बर्गमा प्रत्यक्ष दैनिक गुजाराका सामान केही नपुगेको जानकारी गराउन चाहन्छु। तर पनि सरकारको प्रयासलाई धन्यबाद प्रदान गर्दछु।
१) हामीले सुन्यौं सरकारका मन्त्रीले यस्तो आपतकालिन बिपत्तीय अबस्थामा जनताको लागी किनेको जॉच पढ्ताल गर्ने औषधि मुलो अनि यो रोगको कारण मरि हालियो भने सन्तानले समेत छुन नपाउने श्रीमतिले या श्रीमानले आंसु खसालेर हेर्न समेत नपाउने लास बेर्ने कात्रोमा पनि सरकारका मन्त्रीले भ्रष्टाचार गरेर नाफा खाएरे..
२) संसार रोई रहेछ। हामीले समाचार माध्यममा देखिरहेछौ सुनिरहेछौ बिदेशका सरकार प्रमुखहरू कति चिन्तित देखिनु भएको छ। जर्मनिका कुनै प्रदेशका अर्थमन्त्रीले आत्महत्या गरे रे, अर्को कुनै एक मुलुकका मन्त्रीको कोरोनाकै कारण मृत्यु भयो रे। तिनीहरू देश र जनता प्रति कति जिम्मेवार रहेछन् हॉंसी हॉसी मृत्युबरण गरेछन् भनेर हामीले भन्न हुने की नहुने? हामीले तपाईँका मन्त्रीहरूलाई पनि देश र हाम्रो चिन्ताले त्यसैगरी मर्न पर्छ भनेको चाही हैनौ है। गलत अर्थ नलगिदिनुहोला।हाम्रा मन्त्रीहरू कोरोना लागेर मर्नुभयो भने लास र कात्रोमाष्टाचार कस्ले गर्ला ? हामी जनता मरेको खण्डमा आफ्नो संस्कारमा अन्तिम कार्य पनि गर्न नपाउने। एकै खाल्डो चिहानमा गाडिन पर्ने त्यसरी गाडिन जादा पनि लाखौं डलरको ऋण भार बोकेर गाडिन पर्ने कस्तो सरकार र मन्त्री रहेछन् भनेर निरीह जनता भनिरहेछन्।
३) हाम्रा मन्त्रीहरूले स्वयं आफ्नो र परिवारको समेत त्यति स्वास्थ्य चासो लिएको देखिएन ताकी यो रोग तपाईँ र तपाईँका मन्त्री र मन्त्रीका परिवारलाई लाग्दै लाग्दैन ? संका यही निर छ। गुणस्तर कम भएको औषधि जनताको लागी। अनि मन्त्री र उनीहरूको परिवारमा कोरोना लागि हाल्यो भने संशारकै राम्रो जाँच र उपचार गर्ने औषधीको ब्यबस्था गरेको हुनु पर्दछ भन्ने आम धारणा रहेको छ। घटनाक्रमले पनि त्यतै संकेत गरेको छ। सत्य तथ्य प्रधानमन्त्री ज्यूबाट आउने आशा गर्दछु।
हैन भने। जनताको यक्ष प्रश्न छ। कमसल औषधि किन खरिद गरियो ?
४) महाकाली नदीमा पौडी खेलेर स्वदेश फर्कने ति बहादुर मानिस। चोर डाका बदमास लुटाहा थिए र ?
सरकारले घर आउने बाटो रोक्यो बहादुरी साथ पौडी खेलेर घर आए तिनले के बिराए। तिनीले ज्यान जोखिममा राखे। सलाम छ। पौडी लुगा लगाएर खेल्न सकिन्छ र सरकार ? कुनै कारणबस ति मानिसको गुप्तागं ढाकेको कपडा पौडी खेल्दा खुस्केको भए या उनी मानसिक सन्तुलन गुमेका थिए र नागैं पौडी खेलेका थिए भने तिनीलाई नदीबाट बाहिर आएपछी नेपाल प्रहरीले नाँँगै निर्बस्त्र हात समातेर पक्डेर लान हुन्थियो ? हैन भने त्यो अबस्थामा न्यानो तातो गरेर स्वास्थको सामान्य चेकजॉंच पछी मात्र के गर्न पर्ने हो गर्न पथ्र्यो । त्यति समयभित्र नेपाल प्रहरीले एउटा फाटेको कम्बल, मजेत्रो या बर्कोको ब्यबस्था गर्न सकेन ? त्यसरी नागैं लग्दा त्यहाँ भएका महिला एवं बालसमाज र नागरिक समाजको सामुन्ने ति मानिसले नाँगो भई पशु जस्तो डोरिन पर्यो । यसैमा मैले अलिकति थप गरें। चुनाबताका तिनै मानिस महाकालीमा पौडी खेली तरेर आएका भए माला लगाएर तपाईँका लागि राष्ट्रबादका हिरो गनिन्थे प्रधान मन्त्रीज्यू। तिन्कै भोटले कतै तपाईँ प्रधानमन्त्री त बन्नु भएन ? अनि तिनै ब्यक्तीलाई तपाईँहरूलाइ नै ताकेर संक्रमण गराऊंछ जस्तो गरी मातृभूमिमा आउन नदिने ? उनी र उनी जस्ता जति छन् सीमामा समस्या झेलीरहेका, तत्काल स्वदेश ल्याई ब्यबस्थापन गर्नु सरकारको दायित्व हैन र ? हाम्रा झण्डै करोडौँको हाराहारीमा बिदेशमा रहनु भएका दाजुभाईहरू जस्ले यो देशको अर्थतन्त्र धानिरहनु भएको छ। चुनाबका वेला यहॉबाट दौडाहा छुट्छ सहयोग लिनको लागि भोज भतेर खाइन्छ। यतिबेला वहॉहरूको अबस्थाबारे नेपाली जनताले जानकारी प्राप्त गर्न सकेका छैनन् । तिन्को अबस्थाबारे हामीले घोक्रो फाट्ने गरि भनिदेन सरकार भन्न पर्ने ? । प्रहरिको भनौ या गृह प्रसासनको ज्यादती जे भने पनि मानिसलाई सिलेन्डर बोकाएर सडकको बिच्मा राखिएको छ। शहरका कुनै भागमा जनावरमा पनि कुकुरलाई लगाइने फलामे अंकुश मानिसलाई लगाई नियन्त्रणमा लिइएको छ। यो कुन सैली निरंकुश सैली भएन र प्रधानमन्त्रीज्यू।
५) सरकारलाई मेरो बिनम्र सुझाव छ। कोरोना भाइरस नियन्त्रणको लागि मासु पसल तत्काल बन्द गर्ने ब्यबस्था गरौं। आर्थिक मितब्ययीता पनि अपनाइने संक्रमणको कारक तत्व बिहान बेलुकाको भिड पनि कम हुने। लेख्न पर्ने सम्बोधन गर्न पर्ने बिषय धेरै हुँदा हुँदै पनि आजलाई यति नै गरें।
अन्त्यमा प्रधानमन्त्री ज्यू के यो निर्लज्जता हैन ? तपॉपाईँको मन कटक्क भएन ? मेरो यो पत्रमा लेखिएको कुरा तपाईँका अन्धभक्तहरूले कॉंग्रेसीको बिपक्षी नजर भनेर मलाई सत्तोसराप गरे पनि मेरो कुनै गुनासो रहने छैन तपॉइको आत्म बोलोस मैले ठिक लेखेकी सरासर गलत लेखी। धन्यबाद।
हामी जबाफको आशाबादी छौ।
जय नेपाल।
(खुलापत्रका लेखक परशुराम पोखरेल बीपी संग्राहालयका अध्यक्ष हुन् )





