ब्रेकिङ न्युज

कैदी पुर्जीमै देखियो कानुनी त्रुटि

३२ असार, जनकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन्।

बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले उनलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको हो। अदालतको आदेशलगत्तै उनी कारागारबाट रिहा भएका छन्।

यसअघि थमनविक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। फैसला आएको भोलिपल्टै उनलाई पक्राउ गरी जलेश्वर कारागार पठाइएको थियो।

सर्वोच्च अदालतले भने १९ असारमा जारी गरिएको कैदी पुर्जी कानुनसम्मत नरहेको निष्कर्ष निकाल्दै त्यसकै आधारमा उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।